कलैया ।वीरगञ्जमा सशस्त्र प्रहरीले बेवारिसे ट्रकबाट २१ किलो गाँजा बरामद गरेको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ पिपरास्थित बाइपास सडकखण्डबाट २१ किलो गाँजा बरामद गरिएको सशस्त्र प्रहरी का उपरीक्षक (एसपी) राजेन्द्र खड्काले बताउनु भयो ।प्रहरी ले चेक जाँच गर्दा ट्रक को क्याबिन भित्र बाट बरामद गरिएको हो । चालक र सह चालक भने फरार रहेका छन् ।
मकवानपुरको मनहरीबाट वीरगञ्ज आउँदै गरेको ना ३ ख ४२९७ नम्बरको ट्रकमा लागूऔषध ल्याउँदै गरेको सूचनाको आधारमा सशस्त्र प्रहरी बल १३ नम्बर गणका सशस्त्र प्रहरी निरीक्षक राजेश्वरप्रसाद साहको कमाण्डमा गएको टोलीले उक्त परिणामको गाँजा बरामद गरेको हो ।
प्रहरी उपरीक्षक खड्का का अनुसार ट्रक सहित गाँजा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको छ ।







