कलैया । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाले प्राधिकारणको सुधार र जनताको चाहना अनुसार घिसिङलाई जिम्मेवारी दिने प्रक्रिया थाल्न जलस्रोत, ऊर्जा तथा सिँचाइमन्त्री पम्फा भुसाललाई निर्देशन दिएका हुन ।

घिसिङ नियुक्तिका लागि सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन आग्रह समेत गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र ऊर्जा मन्त्री भुसालले अहिलेका प्रमुख हितेन्द्रदेव शाक्यको कामप्रति असन्तुष्टि जनाउँदै कुलमान घिसिङलाई नै ल्याउने तयारी थाल्नुभएको हो।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर