कलैया ।बारा मा ६४ क्युुफिट सालको काठ बरामद गरिएको छ ।जीतपुुरसिमरा उपमहानगरपालिकाको टाँगिया बस्तीबाट ६४ क्युुफिट सालको काठ बरामद गरिएको हो ।टाँगिया बस्ती स्थित झाँडीमा लुुकाएर राखिएको अवस्थामा १० वटा काठको गोलिया तामागढी सब डिभिजन बन कार्यालयले बरामद गरेको हो ।
सब डिभिजन बन कार्यालका सहायक बन अधिकृत हरिशंकर साह का अनुसार फुुटबल ग्राउन्ड निर्माण गर्ने क्रममा तस्करहरुले काठको गोलिया लुुकाएर राखेको हुुन सक्ने अनुमान छ ।बरामद गरिएको काठको गोलियालाई तामागढी सब डिभिजन बनकोे कार्यालयमा राखिएको सहायक बन अधिकृत साहले बताउनु भयो ।







