कलैया ।कलैया उपमहानगरपालिका वडा नम्बर १८ मा सामुदायिक भवन को शिलान्यास भएको छ । उक्त वडा को मनगढवा मा बुधबार एक कार्यक्रम का बीच शिलान्यास गरिएको हो ।

कलैया उपमहानगरपालिकाको नगर स्तरीय योजना बाट १५ लाख को लागतमा निर्माण हुन लागेको सामुदायिक भवन को नगर प्रमुख राजेश राय यादवले शिलान्यास गर्नु भएको छ ।
उपभोक्ता समिती मार्फत सामुदायिक भवन निर्माण हुने छ । विवाह र विभिन्न उत्सव तथा बस्नका लागि सुविधायुक्त ठाउँको आभाव भएपछि सामुदायिक भवनको शिलान्यास भएको नगर प्रमुख यादव ले बताउनु भयो ।

बिगतका दिनमा समुदायमा केही पनि बिकास संतोषजनक नभएको र आजको दिन सम्म ४ बर्षमा कलैया उपमहानगरपालिकाको तर्फबाट उक्त टोलमा बाटो नाला र धर्मशाला बटुवाहरुको लागि बस्नको लागि चौतारी बनेको ले हामी गाउबासी धेरै नै खुसी भएको स्थानीय महेन्द्र कुश्वाहाले बताउनु भयो ।

उक्त शिलान्यास कार्यक्रम मा उपभोक्ता समिति का अध्यक्ष महेन्द्र कुशवाहा ,वडा अध्यक्ष अम्बिका प्रसाद यादव ,कार्यपालिका सदस्य बदन देबि ,वडा सदस्य सुनैना देबि, हृदयनारायण कुशवाहा ,वडा सचीव हरदेव प्रसाद सहित स्थानीयको उपस्थिति रहेको थियो ।

कार्यक्रम मा स्वागत मन्तव्य उपभोक्ता समितिका सचिव उमाकान्त चौरसिया ,पुर्व गाबिस उपाध्यक्ष शिवनारायण मण्डल ले दिएका थिए । कार्यक्रम संचालन वडा सदस्य राजकुमार साहले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर