कलैया । बेनौली क्रिकेट क्लबले बाराको कलैयामा आयोजित भदई पटेल स्मृति टि २० क्रिकेट प्रतियोगिताको उपाधीमाथी कब्जा गरेको छ । कलैया स्थित सिद्धेश्वर खेल मैदानमा आयोजित प्रतियोगितामा आयोजक भदई ११ लाई ८० रनले पराजित गर्दै बेनौलिले उपाधी हात पारेको हो ।

उपाधी सङ्गै विजेताले नगद ३० हजार ५ सय र उप विजेताले नगद २० हजार ५ सय रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र हात पारेका छन ।

विजेता तथा उप विजेता टोलीलाई कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव, वडा नं २ का अध्यक्ष राजेश मण्डल, तरुण दल बाराका अध्यक्ष लुकेश सिंह, कलैया क्रिकेट क्लबका सचिव पंकज पाण्डे,स्वर्गीय भदैइ पटेलका छोरा काङ्ग्रेस युवा मेता दिपेन्द्र पटेल लगायतले पुरस्कार वितरण गरेका थिए । टस जितेर बेनौली क्रिकेट क्लबले ब्याटिङ रोजेको थियो । पुरै २० ओभर खेलेर उसले ६ विकेटको क्षतिमा १ सय ७८ रनको विशाल स्कोर खडा गरेको थियो ।

बेनौलिका लागि भुलाउन सहनीले नट आउट १ सय ९ रन जोडेर टिमलाई बलियो स्कोर दिन सफल भएका थिए । आयोजक क्लबका तर्फबाट भने आशुतोष पटेल र मुन्ना मन्सुरले २/२ र सन्तोष कार्की र जटाशंकर सर्राफले समान १/१ विकेट लिएका थिए । १७९ रनको लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रिएको भदई ११ ले राम्रो प्रदर्शन गर्न सकेन । १७ ओभरमा ९८ रन बनाएर अलआउट भएको एम्पाएर सुदिप प्रसाद चौधरीले जानकारी दिए ।

साउन ११ गतेबाट अयोजित प्रतियोगितामा दुईवटा सतक प्रहार गर्न सफल बेनौली क्लबका भुलाउन सहनीलाई म्यान अफ द सिरिज, वेष्ट व्याट्स म्यान अरनिको यादव, बेष्ट बलर मुन्ना मन्सुर, फाईनल खेलको म्यान अफ दी म्याच भुलाउन सहनी, वेष्ट फिल्डर आशुतोष पटेल, वेष्ट क्याच सोनी राम र इर्मजिङ प्लेयरको उपाधी विनय पासवानलाई प्रदान गरिएको थियो ।

प्रतियोगितामा बारा र पर्साका गरी १२ वटा टिम सहभागी भएका थिए । नगर प्रमुख यादवले संघर्ष र अनुशासन पूर्वक खेल खेल्न युवाहरुलाई सुुझाव दिए । ‘कलैया क्रिकेटको उर्बर भूमि हो ।’

उनले भने ‘युवा अनुशासित भए, नगर अनुशासित हुन्छ, नगर अनुशासित भएपछि विकास गर्न सहज हुन्छ ।स्वर्गीय भदै पटेलका जेठा छोरा अन्तरास्ट्रिय खेलाडी मुन्ना पटेलको अध्यक्षतामा भएको समापन कार्यक्रमको सन्चालन सन्चारकर्मी साजिर मन्सूरले गरेका थिए ।

हार पछि दुखित भदै ११ का खेलाडी

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर