कलैया । प्रदेश २ सरकारले आवास बिहिन विपन्न दलित समुदायलाई घर बनाउन अनुदान दिन बारा जिल्ला मा फारम भर्न सूचना जारी गरेको छ ।

जनता आवास कार्यक्रम कार्यन्वयन इकाई को कार्यालय कलैया स्थित कलैया उपमहानगरपालिका वडा नम्बर ४ मा फारम भर्न गएका सोझा जनता तथा अति विपन्न लाई इकाई का कर्मचारी ले सूचना लुकाउन खोजेको खबर प्राप्त भएको छ ।

भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन कार्यालय पर्साले आवास बिहिनको पहिचान गरि घर निर्माणमा सघाउन साउन १८ देखि साउन २७ गते सम्म सूचना निकाले पनि यता कलैया मा रहेको जनता आवास को कार्यालय मा आएका अति विपन्न नागरिक लाई यहाँ का कर्मचारी ले ४ दिन मात्र रहेको भन्दै फारम नदिएको गुनासो गरेका छन् ।

फारम भर्न आएका एक जना संग प्रतिक्रिया लिदा उनले गुनासो पोख्दै भने , “हामी बुधबार इकाई मा आएका थियौ तर यहाँ का एक कर्मचारी ले ४ दिन मात्र समय थियो र समय सकिसकेको बताए ।साथै ती ब्यक्ति ले भने आज पनि आउँदा फारम भर्न पाएका छैनौं ।” यसरी फारम भर्न नदिए पछी उक्त इकाई मा बिहीबार धेरै को संख्या मा विपन्न ब्यक्तिहरुले घेराउ गरेका थिए ।

जनता आवास कार्यक्रम बारा का संयोजक प्रदेश सभा सदस्य पारस प्रसाद शाह संग प्रतिक्रिया लिदा उनले अन्य बेलाको जस्तो एउटा पनी सुचना र सरकारको मापदण्ड अनुसार बाहेककाले सुबिधा लिन नपाउने गरि आफू गिद्दे नजर ले काम गरिरहेको बताउनु भयो ।

संयोजक साहले सेवाग्राहीले फर्म भर्न आउदा केही कर्मचारीले ४ दिनको मात्र सुचना रहेको र सो को म्याद सकिसकेको भन्ने भनाईमा आफ्नो ध्यानाकर्षण भएको बताउदै त्यस्ता कर्मचारीलाई आफुले कानुन बमोजिमको कार्वाहीकालागी सिफारिस गर्ने बताउनुभयो । साहले यो बर्ष आफुहरु बारामा २ हजार त्यस्ता घर बनाउने योजनामा रहेको समेत बताए ।

पछिल्ला बर्षहरुमा केही बिचौलियाहरुले गाउँगाउमा लगेर फर्म भराउने र घर बनाईदिने भन्दै त्यस बापत नजराना लिने गरेको तर्फ लछित गर्दै त्यस्ताको अब बाट कुनै दाल नगल्ने बताउनुभयो ।

सहरी विकास तथा भवन कार्यालय पर्साले स्थायी रुपमा बसोबास गर्दै आएको डोम , मुसहर , चमार , दुसाद , खत्वे र अन्य दलितको हकमा राष्ट्रिय दलित आयोगको सुची अनुरुप गन्धर्व , परियार , बादी , विश्वकर्मा , सार्की , कलर , ककेहिया , कोरी , खटिक , चिडिमार , तत्मा , धोबी , पथरकट्टा , पासी , वातर , मेस्तर र सभंग परिवार समुह भित्र पर्ने सबै थरहरु तथा विपन्न मुसलमान लगाएत चेपांग , राउटे तथा कुसुण्डा जातिहरु लाई फारम भर्न सूचना मा उल्लेख गरेको छ ।
(जनताले गरेको गुनासो भिडियो हामी संग सुरक्षित छ )

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर