सिम्रौनगढ़ । सिम्रौनगढ़को एक पोखरीमा अक्सीजनको कमिका कारण बिहिवार बिहान लाखौँको माछा मरेर क्षति भएको छ । बाराको सिम्रौनगढ़ नगरपालिका वडा नं ५ कनकपुरस्थित रहेको साढ़े दुई बिगहाको उक्त पोखरी ठेकदार जगत महतोले ५ बर्षका लागि ३५ लाखमा पांच वर्षका लागि ठेका लिएका हुन् । उक्त पोखरीको माछाहरु मरेर करीब आठ लाखभन्दा बढिको क्षति भएको पीडित महतोले बताएका छन् ।

अक्सीजनको कारणले पोखरीमा पालिएको रोहा, नैनी, भकुरा लगायत विभिन्न जातका माछा नष्ट भएको पीडित परिवारले दुखेसो गरेका छन । वर्षभरी कडा मिहिनेत गरेर पालिएको माछा बेच्न योग्य हुने बेलामा आएर नष्ट भए पछि आफनो वर्षभरीको मिहिनेत र लगानी दुबै खेर गएको पीडित जगत महतोले गुनासो गरेका छन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर