
राजेन्द्र सिंह, वीरगञ्ज ।पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ बैरियामा बस्ने धुरन साह तेलीको घरमा शुक्रबार बिहान आगलागी भएको छ । विहान करिब ३ बजे लामखुट्टे धपाउन बालिएको घुरबाट आगलागी हुँदा करिब ३ लाख बराबरको क्षतिभएको स्थानीय सन्जीतकुमार यादवले बताए ।
आगलागीबाट प्रमिला देवी सामान्य घाइते भएको र उहाँको स्थानीय स्वास्थ्यचौकीमा उपचार गरिएको छ । आगलागीमा परेर एउटा भैसी जलेर मृत्यु भएको र २ वटा भैसी गम्भीर घाइते भएको पनियादवले जनाए । आगलागीबाट ३ लाख बराबरको क्षतिभएको र आगलागी स्थानीयको सहयोगमाबिहान ५ बजे नियन्त्रणमा आएको यादवले जनाएका छन् ।