रौतहट ।श्री झरीमाई नरसिंह युवा क्लब द्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रौतहट को परोहा नगरपालिका वडा नम्बर ८ नरकटियामा रहेकोे उक्त क्लब ले आयोजना गरेको रक्तदान कार्यक्रममा ४ जना महिला र २६ जना पुरुष गरि ३० जना ले रक्तदान गरेका थिए ।

उक्त रक्तदान कार्यक्रम क्लब को प्राङ्गणमा भएको थियो । रक्तदान कार्यक्रम मा २६ जना पुरुष मध्ये २ जना सुरक्षाकर्मी समेत रहेको क्लब का सदस्य प्रितम पटेल ले हटलाईन राष्ट्रिय दैनिक लाई बताउनु भएको छ ।क्लबका अभिभावक श्रीचन्द्रीकाराउतको सभापतित्वमा भएको रक्तदान कार्यक्रम मा अतिथि ओमलोक पटेलको रहेकोे थियो । कार्यक्रममा सुरक्षाकर्मी , समाजका अगुवा सहित स्थानीयहरु को उपस्थिति रहेको थियो ।

मानव रक्षाको लागि नभई नहुने भएकोले रक्तदान गर्नु आवश्यक रहेको साथै उनले बढदो सवारी दुर्घटनामा अधिकांश घटना मा रगत नपाएको ले अकालमा ज्यान गुमाएको तथ्याङ्कले देखाउछ त्यसैले सबैले रक्तदान गर्नुपर्ने क्लब का अध्यक्ष आर्य शशिकला राउतले बताउनु भयो ।
बिश्व माहामारिको रुपमा फैलिएको को कोरोना को तेस्रो लहर लाई मध्यनजर गर्दै अस्पतालमा बिरामिहरुको लागि रगतको अभाव हुन नदिन रक्तदान को कार्यक्रम आयोजना गरिएको आयोजक ले जनाएको छ ।

झरीमाई नरसिंह युवा क्लब ले निरन्तर सामाजिक तथा जनचेतना मुलक , समाजमा आपतकालीन घटनामा सहयोग , गरिब , बालबालिका तथा महिलाको लागि बिकास र जागरूकता दिने कार्य गर्दै आएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर