
कलैया । सवारी दुर्घटना मा परि बाराकी एक वृद्धाको मृत्यु भएको छ । दुर्घटनामा परी जिल्लाको आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ३ बस्ने ६५ वर्षीया मलादेवी गिरीको मृत्यु भएको प्रहरी ले जनाएको छ ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत शम्भुनाथ नगरपालिका-६ कठौनामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४ ख २४४१ नम्बरको ट्याङ्करले ठक्कर दिंदा उनको मृत्यु भएको हो ।
गाउँका व्यक्तिसहित सुनसरीको चतराबाट दर्शन गरी ना४ख २८०० नम्बरको बसमा फर्किरहेको बेला शनिवार राति दुर्घटना भएको हो । दर्शन गरि फर्किने क्रममा खाना खान बस रोकिएपछि ओर्लेर बाटो काट्ने क्रममा ट्याङ्करले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ठक्कर पछी गम्भीर घाइते भएकी गिरी लाई उपचारको लागि युनिक अस्पताल रायपुर लगिए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनु भयो ।
चालक र ट्याङ्कर लाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरी ले जनाएको छ ।