
कलैया । लुमन्ति आवासका लागि सहयोग समूहले कलैया उपमहानगरपालिका लाई स्वास्थ्यसामाग्री हस्तान्तरण गरेको छ ।
आज एक कार्यक्रम का बीच लुमन्ति आवासका लागि सहयोग समूह कलैया का संयोजक अब्दुल कैशले उपमहानगर को प्राङ्गणमा कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव लाई हस्तान्तरण गरेका हुन ।
लुमन्तिले पिपिई सेट २० थान, फेस शिल्ड १५० थान, सेनिटाइजर १५० थान, सर्जिकल मास्क २०० प्याकेट , नेल कटर १४७ थान, सेनिटरी प्याड ३० प्याकेट , ह्याण्ड वास १५० थान, स्टिलको थर्मश २० थान, पाउच ब्याग १० थान, पल्स अक्सिमिटर १० थान, सानो टावल १३० थान, नुहाउने साबुन १५० पिस, तुथ ब्रस १५० पिस, वाटर डिसपेन्सर ५ सेट, सरफ (४०० ग्राम) १५० पिस , लुगा धुने साबुन १५० पिस उपमहानगरपालिका लाई दिएको छ ।
उक्त कार्यक्रममा कलैया उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेमचन्द्र जयसवाल , कलैया उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष अम्बिका प्रसाद यादव , वडा नं. २० का इमामुदिन मिया ठकुराई , दिप शिखा महिला बचत तथा ऋण सहकारी संस्था लि. की अध्यक्ष रामरति देवी पासवान, सहकारीकै व्यवस्थापक अखिलेश राम, लुमन्तिकी लेखापाल नितु मन्डल , इन्जिनियर विवेक तिवारी, लुमन्तिका सामुदायिक सहजकर्ताहरु सरीता कुशवाहा, अनिल मण्डल, शहरी गरीबी निवारण मञ्चका अध्यक्ष रबिन्द्र प्रसाद साह सहित उपमहानगरपालिकाका कर्मचारीहरू लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालक लुमन्तिका सामुदायिक सहजकर्ता अनिल मण्डलले गरेका थिए ।