
कलैया । बारा निर्माण व्यवसायी संघले टेण्डर बदर गर्न माग गरेको छ । संघले स्वास्थ चौकी मर्मत निर्माण कार्यको टेण्डर पत्रिका मा प्रकाशित नगरेको , नगरपालिका को वेबसाइटमा पनि न राखेको भन्दै टेण्डर बदर गर्न कलैया उपमहानगरपालिका संग माग गरेको छ ।
संघले जिल्ला प्रशासन कार्यालय बारा ,कोष तथा लेखा नियन्त्रण को कार्यालय ,अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडा लाई बोधार्थ लेख्दै निष्पक्ष ढंग ले टेण्डर आव्हान नभएकोले राज्यको सम्पत्ति दुरुपयोग हुने देखिएको र जनगुनासो बढेको ले गम्भीर ध्यानाकर्षण गराउदै पुनः टेण्डर आव्हान गर्न माग गरेको छ ।
बारा निर्माण ब्यवसायी महासंघका सचिव धिरेन्द्र प्रसाद जयसवाल द्वारा हस्ताक्षरित पत्र आज कलैया उपमहानगरपालिका कार्यालयमा समेत दर्ता गराइएको छ ।