सिम्रौनगढ़ । बारामा एक जना वडा अध्यक्षको निधन भएको छ । जिल्ला को सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष दामोदर जायसवालको उपचारको क्रममा काठमाण्डौको मेडिसिटी हास्पिटलमा निधन भएको हो ।

५० वर्षीय जायसवाल अकस्मात बिरामी भएपछि साउन १९ गते बीरगञ्जको नारायणी अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ उपचार हुन नसक्दा थप उपचारका लागि साउन २० गते काठमाण्डौको दीर्घायु र २३ गते मेडिसिटी हॉस्पिटलमा भर्ना गरिएको थियो । उनको त्यहीँ उपचारका क्रममा सोमवार राती १२:३० बजेतिर निधन भएको नगरप्रमुख बिजय शंकर यादवले बताउनु भयो । निधन भएका वडा अध्यक्षको आजै अन्तिम संस्कार गरिने पारिवारले बताएको छ।

२०७४ साल असोज २ गते भएको स्थानीय तहको निर्वाचनमा जैसवाल नेकपा माओवादीबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर