युनिक यादव , कलैया ।बारा को बिधालयहरु ले शिक्षाको नाममा चर्को शुल्क असुल्दै ब्रहम लुट मचाएको भन्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल लाई ज्ञापनपत्र बुझाइएको छ । नेपाल सरकार द्वारा जारि गरिएको शिक्षा एनलाई संस्थागत बिधालयहरुले कार्यनवन नगरि मनोमानि ढंगले शिक्षाको नाममा चर्को शुल्क असुल्दै ब्रहम लुट मचाएको भन्दै नेपाल विद्यार्थी संघ बाराको कार्यवाहक अध्यक्ष हरिओम शाह बिधार्थी नेता प्रविण पटेल र प्रभात सिंहको संयुक्त टोलिले जिल्ला प्रशासन कार्यालय बारा मा प्रमुख जिल्ला अधिकारी पौडेल लाई ज्ञापनपत्र बुझाएका हुन ।

नेपाल बिद्यार्थी संघ बाराले जिल्ला शिक्षा समन्वय ईकाई , निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) , राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एन प्याब्सन) , १६ वटै स्थानीय तह लाई बोधार्थ दिँदै प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएको हो ।

उक्त पत्रमा शिक्षा एन अनुसार संस्थागत बिधालयहरु १००० भन्दा मुनि बिधार्थी संख्या भएको बिधालयमा १० प्रतिशत छात्रवृत्ति र १००० भन्दा माथि बिधार्थी संख्या भएको बिधालयमा १५ प्रतिशत छात्रवृत्ति हुनु पर्ने , सवारी साधन शिक्षा मापदण्डको अनुसार हुने , नामाङ्कन र प्रवेश शुल्क लिएको /नलिएको प्रमाण सहित कार्यन्वयन भए/नभएको जानकारी २ दिन भित्र उपलब्ध गराउन र यदि उपलब्ध नगराए संघर्ष गर्ने उल्लेख गरिएको छ ।

उक्त ज्ञापनपत्र प्रदान गर्ने क्रममा बिधार्थी नेता बादल यादव,राकेश सर्राफ , लालबाबु कुमार शाह, दिपक यादव , अजय यादव,सुमन साह , सिकन्दर कुशवाहा, ईम्तियाज आलम , राजेश यादव,भिम यादव सहित अन्यको उपस्थिति रहेकोे थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर