कलैया । बारामा मंगलवार बिहान ७ बजे अविरल वर्षाका कारण घर भत्किदा १ लाख को क्षति भएको छ ।
जिल्ला को सिम्रौनगढ नगरपालिका वडा नम्बर ५ सानोईटवाल बस्ने ३५ वर्षीय अयुब अंसारीको ४५ फिट लम्बाई ३०फिट चौडाई खपराको छानो र बासको टाटिको घेराबेरा भएको घर अबिरल बर्षाको कारण भत्किएको जिल्ला प्रहरी कार्यालय बारा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनु भयो ।
घर भत्किदा घर भित्र रहेका अन्नपात,३ वटा सिलाई मेसिन गरि एक लाख बराबरको क्षति भएको प्रब्क्ता मिश्रले बताउनु भयो । उक्त घरमा ६ जना बस्दै आएको र ऊनीहरु लाई तत्कालै छिमेकी को घरमा गएका छन् ।