
कलैया । बारा मा छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ४ जना घाइते भएका छन् । जिल्ला को निजगढ नगरपालिका वडा नम्बर ७ भवरा पुल नजिकै पुर्व पश्चिम राजमार्ग सडक खण्डमा पश्चिम बाट पुर्व तर्फ जादै गरेको ना ५ ख ५१०१ न. को ट्रकले सोही दिशामा गईरहेको ना ३३ प ४२९३ न. को स्कुटिलाई ठक्कर दिदा स्कुटि चालक स्थानीय ५७ वर्षीय नवराज बरतौला घाइते भएका हुन् ।उनको टाउको खुट्टा र छातिमा चोट लागेकोले निजगढ स्थित प्रसुति गृहमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय बारा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्र ले बताउनु भयो ।प्रहरी ले स्कुटि ,ट्रक र ट्रक चालक सुनसरीको ईटहरी नगरपालिका वडा नम्बर १० बस्ने ३८ वर्षीय मनोज कुमार राई लाई नियन्त्रणमा लिएको छ ।
त्यस्तै कलैया उपमहानगरपालिका वडा नम्बर १ कलैया गाँउ नमुना टोल मा मोटरसाइकल ले ठक्कर दिँदा स्थानीय २ वर्षीय अंशु कुमार यादव घाईते भएका छन् । घाइते यादवको कलैया अस्पतालमा समान्य उपचार पश्चात थप उपचारको लागि बिरगंज रेफर गरिएको छ ठक्कर दिने मोटरसाइकल चालक फरार रहेकोे र उनको खोजी भैरहेको प्रब्क्ता मिश्रले बताउनु भयो ।
यता कलैया उपमहानगरपालिका २५ सिसहनियाबाट पचायनपुर तर्फ जादै गरेको ना.१२ प.९७४६ नं.को मोटरसाइकलले बिपरीत दिशाबाट आउदै गरेको साईकल यात्रीलाई ठक्कर दिदाँ साईकल यात्री ढोडीया बस्ने ४५ वर्षीय बृज किशोर साह तेलि घाइते भएका छन् ।उनको दाहिने खुट्टा ,घुडा र चातीमा चोट लागेको र नेशनल मेडिकल कलेज बिरगंज मा उपचार भैरहेको छ ।
दुर्घटना मा परी मोटरसाइकल चालक भारत बिहार पुर्वी चम्पारण घर भई हाल जि.बारा करैयामाई गाउँपालिका ८ ईटहर बस्ने २२ वर्षीय सन्तोष पटेल समान्य घाईते भई उपचारको लागी स्थानिय मेडिकलमा उपचार पश्चात् उनी प्रहरी नियन्त्रणमा रहेको प्रब्क्ता मिश्रले बताउनु भयो ।