वीरगञ्ज । वीरगञ्ज कारागारमा २ सय ४० बेड क्षमताको शयन कक्षको उद्घाटन गरिएको छ । कारागारका कैदीबन्दीहरुको श्रमदानमा निर्मित पुरुष तथा महिला बन्दी सुधार गृहको २ सय ४० बेड क्षमताको शयन कक्ष, सैलुन कक्ष, फोहोर विसर्जन टनेल, स्नान घर, भान्सा घर र शौचालयको बुधवार एक कार्यक्रमका बिच जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) पिताम्बर घिमिरेले उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा प्रजिअ घिमिरले कारागारलाई यातना गृह नभएर सुधार गृहको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । कारागार शब्दप्रतिको सोचाई र आम नागरिकको बुझाईमा परिवर्तन गर्नुपर्ने बताउँदै प्रजिअ घिमिरेले कारागारभित्र विभिन्न किसिमका सिपमुलक तालिम दिएर आयआर्जन गर्ने र आत्मनिर्भर बनाउनुपर्ने धारणा राखे ।

झण्डै ७० लाखभन्दा बढीको लागतमा निमार्ण सम्पन्न भएको कार्यमा जगदम्बा स्टिल प्रा.ली सिमराका पवन गुप्ता, शिव शक्ति उद्योग घ्यु प्रा.ली.का राजकुमार जिगडिया, राजकुमार दारुका, लक्ष्मीनारायण ट्रेडर्स वीरगंज, अप्सरा सेनेटरी, तुल्सी टायल्स, पवन अग्रवाल, अशोक लाठ, नारायणी स्ट्रीप्स प्रा.ली., डि.एन.अग्रवाल लगायतका उद्योगी व्यवसायीहरूले आर्थीक एवम् भौतीक सहयोग गरेको वीरगञ्ज कारागारका प्रमुख कृष्ण गैरेले जानकारी दिए ।

गैरेका अनुसार सहयोगी दाताहरुले कारागारमा प्रयोगका लागि १० केभिए क्षमताको स्वचालित जेनेरेटर, फोहोर विसर्जन टर्नेलका र ६५ इन्चको रंगिन एलइडी टिभी समेत उपलब्ध गराएका छन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर