कलैया । कलैया उपमहानगरपालिकाका सबै नगरबासिलाई कोरोना खोपका लागि प्री रजिस्ट्रेसन गर्न मेयर राजेश राय यादबले आह्ववान गरेका छन । COVID-19 को सँक्रमणबाट बच्न֥ वैदेशिक रोजगारी तथा यात्राको निम्ति खोप तथा यसको प्रमाण-पत्र आजको दिनमा अनिवार्य भएको हुँदा खोपको महत्व झन बढेर गएको छ ।

नेपाल सरकारले आफ्ना नागरिकहरुलाई सहज तरिकाले खोप उपलब्ध गराउन तथा वैदेशिक यात्रालाई सहज बनाउने उदेश्य लिएर vaccine.mohp.gov.np मार्फत अनलाईन कोभिड-१९ भ्याक्सिन रजिस्ट्रेसनको व्यवस्था गरिएको मेयर यादबले गरेका छन । कलैया उपमहानगरपालिकाका २७ वडाहरुमा भ्याक्सिन रजिस्ट्रेसनको अभियानलाई मुर्तरुप दिनको निम्ति UNDP, WHO, DEUC र नेपाल सरकारको सहयोगमा स्वयमसेवक परिचालन तथा सचेतना अभियान शुरु गरिएको र त्यसका लागि ती संस्थाले ९ वटा कम्प्युटर र २८ वटा ट्याब कलैयालाई सहयोग गरिएको छ ।

अनलाइन भ्याक्सिन रजिस्ट्रेसन अभियानलाई साकार बनाउन आफू र आफ्ना नजिकका मानिसहरुको रजिस्ट्रेसन vaccine.mohp.gov.np मार्फत गर्नुका साथै अभियानमा खटिने व्यक्तिहरुलाई आवश्यक सहयोग गर्नका लागि समेत नगर प्रमुख यादबले बताएका छन । नेपाल सरकारले अनलाइन भ्याक्सिन रजिस्ट्रेसन अभियानलाई सातै प्रदेशको १/१ स्थानिय तहमा पाईलट परियोजना अंतरगत लागू गरेको र प्रदेश २ मा कलैया उपमहानगरपालिका मा यो लागू भएको UNDP का धन बहादुर चन्दले बताउनुभयो । यस कार्यक्रमका लागि दलित जनजाती उत्थान केन्द्र कलैयाले आफ्नो ५४ जना भोलेन्टियर खटाएको सन्स्थाका कार्यकारी निर्देशक ओमप्रकाश ठाकुरले बताए ।

कलैया उपमहानगरपालिका को सभाहलमा भएको ट्याब तथा कम्प्युटर हस्तान्तरण कार्यक्रममा स्वास्थ्य मन्त्रालयका अनिल थापा,WHO का प्रदेश २ का महम्मद जाबेद,जिल्ला जनस्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादब,कलैयाका स्वास्थ्य शाखा प्रमुख प्रेमचन्द्र जयस्वाल,द एसिया फाउन्डेसनको नजबुल्लाह अन्सारी,सुचना प्रबिधि अधिकृत सुरेश यादब लगायतकाको सहभागिता रहेको स्वास्थ्य शाखाका अजय जयस्वालले जानकारी गराए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर