कलैया । बारागढी गाउँपालिकामा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिदा एक जना घाइते भएका छन् ।
बारागढी गाउँपालिका वडा नम्बर ६ हेङगोलियास्थित करैयामाईबाट हेङगोलिया तर्फ जादै गरेको ना ३२ प २३२ नं को मोटरसाइकलले पैद यात्रीलाई ठक्कर दिदा स्थानीय ७० वर्षीय प्रेमि हजरा घाइतेभएका हुन् ।
उनको उपचार कलैया अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । चालक करैयामाई गाउँपालिका वडा नम्बर ७ बस्ने सुदिप साह प्रहरी नियन्त्रणमा रहेका छन् ।