रामसरन यादव, कटहरिया । रौतहट जिल्लाको कटहरिया नगरपालिका अन्र्तगत रहेको तराई मधेश सहिद स्मृति सहिद प्रतिष्ठानको सभा हलमा शुक्रबार आईटी आर्मी र कटहरियाका बामपन्थी नेताबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कटहरिया नगरपालिका भित्र रहेका वडा न १ देखि ९ सम्मका सम्पूर्ण बामपंथी जनप्रतिनिधिहरुको रोहबरमा अहिलेको बर्तमान राजनीतिको बारेमा गहन छलफल भएको छ । आइटी आर्मी रौतहट जिल्ला सयोजक नरेश प्रसाद साह तुरहाको अध्यक्षतामा कार्यक्रम सम्पन भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै तुरहाले मुलुकमा व्याप्त भ्रष्टाचार, गरीब माथिको अत्याचार, खुलेआम लुटआतंक, बेथिति एवम् गलत शासन व्यवस्थाको विरुद्ध संघर्ष गर्दै देशमा समाजवादी व्यवस्था स्थापना गर्ने अठोटका साथ आइटी आर्मीको संघटन निर्माण गरिएको बताए । अहिले रौतहटमा आइटी आर्मीको युवाहरुको मनोबल कस्तो हो । तुरहाले आइटी आर्मीको अहिले यसको प्रभाव कस्तो छ ? सकरात्मक हो कि नकरात्मक हो ? रौतहट एउटा नेपालकै चिर परिचित जिल्लाको एउटा छुटै पहिचान भएको प्रतिक्रिया दिएका छन ।

नयाँ युग निर्माण गर्ने लक्ष्यका साथ आइटी आर्मी गठन वडा वडाहरुमा गठन गरिएको आइटी आर्मीको रौतहट जिल्ला सयोजक नरेस प्रसाद साह तुरहाले बताएका छन् ।

कार्यक्रममा कटहरिया नपाको वडा अध्यक्षहरु राजकुमार साह, हरिभजन साह ,नवध राय यादव, बामपन्थी नेताहरु राजनरायण साह, बिनोध साह, संकर यादव लगायतको स्थानीय जनप्रतिनिधिहरुको रोहबरमा कार्यक्रम सम्पन भएको आइटी आर्मीको रौतहट संयोजक तुरहाले जनकारी दिएका छन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर