युनिक यादव , कलैया । कलैया उपमहानगरपालिका वडा नम्बर २४ सखुईमा तीन महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ । कलैया –२४ को वडा कार्यालय मनहर्वाको आर्थिक सहयोग तथा महालक्ष्मी महिला समूहको आयोजनामा संचालित लक्षित वर्गका लागि ३ महिनासम्म संचालन भएको सिलाई कटाई तालिम शुक्रवार सम्पन्नभएको हो ।

३ महिना सम्म सहभागी भई सफलतापूर्वक तालिम हासिल गरेकालाई कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवले प्रमाणपत्र वितरण गर्नुभएको छ ।
कार्यक्रमको सभापति महालक्ष्मी महिला समूहकी अध्यक्ष मदिना खातुनले गरेकी थिइन् ।

त्यस्तै कार्यक्रमको प्रमुख अतिथि कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेश राय यादव विशिष्ट अतिथि कलैया उपमहानगरपालिका वडा नम्बर २४ का वडा अध्यक्ष हरिलाल चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामदियालु चौधरी तथा अतिथिमा वडा सचिव रामएकबाल पटेलको रहेकोे थिए । कार्यक्रमको संचालन सियाराम यादवले गरेका थिए भने कार्यक्रममा ६० जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रम लाई सम्बोधन गर्दै नगरप्रमुख यादवले तालिममा सहभागी महिलाहरुलाई आगामी दिनमा यहाँबाट हासिल गरेका ज्ञानहरुबाट व्यापार गरेर आ–आफ्नो घरको काममा केही सहयोग हुने बताउनुभयो । त्यस्तै उहाँले आगामी दिनहरुमा पनि वडाका महिलाहरुको लागि केही लक्षित बर्गको कार्यक्रमहरु राखेर अगाडि बढाउने विश्वास व्यक्त गर्नुभएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर