कलैया । कलैया फूटबल क्लब र बोलबम कावर संघको संयुक्त आयोजनामा सिदेस्वर नाथ मन्दिर प्राङ्गण कलैयामा बोलबम कावर संघको ५०औ बर्षगाठको अवसर तथा रक्षा बन्धनको अवसर पारेर बृहत बृछारोपण कार्यक्रम गरिएको छ ।

बातावरण स्वच्छ बनाउनका साथै यसले अक्सिजन को पुर्तीमा समेत सहज हुने बिश्वासका साथ कार्यक्रम गरिएको संघ अध्यक्ष कर्दम श्रेष्ठले बताए । ५१ वटा बिरुवा सिसौ,टिक,सपेता सङ्गै विभिन्न प्रजातिका फुलहरु लगाइएको श्रेष्ठले बताए ।

संघका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको बृछारोपण कार्यक्रममा कलैया फूटबल क्लबका अध्यक्ष कुलदिप ठाकुर,कार्यवाहक अध्यक्ष अजय साह,सचिव प्रमोद गिरि,संघ बाराका संघ चालक निरज नेपाली, कार्यवाहक सरोज साह,कलैया फूटबल क्लबका सल्लाहकार दिपलाल साह, साजिर मन्सूर,अजय सरार्फ,परदेशी चौधरी,अन्तरास्ट्रिय खेलाडी समसाद मन्सूर,साथै रामनारायण मण्डल,राजाराम यादब,रामजी भगत,श्रीनिवास बाबा,श्री किशुन यादब,बिकि रौनियार,अमित चौधरी,सिदेस्वर बिधालयको प्रधानाध्यापक छबिरमण सुवेदी लगायतकाको उपस्थिती रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर