युनिक यादव , कलैया ।महालेखा परीक्षकको कार्यालयको ५८ औँ प्रतिवेदनका अनुसार बारा मा रहेको १६ स्थानीय तह मध्ये सबैभन्दा कम बेरुजु बारागढी को रहेको छ । महालेखा परीक्षकको कार्यालय का अनुसार बारागढी गाउँपालिकाको बेरुजु जिल्ला कै सबै भन्दा कम १.१७ प्रतिशत रहेको छ ।
जिल्ला मै सबै भन्दा कम बेरुजु र सुशासनमा जिल्ला मै उत्कृष्ट भए पछी गाउँपालिकाले आधिकारिक सामाजिक संजाल फेसबुक मार्फत आफ्ना मातहत का कर्मचारी र सहयोगी लाई धन्यवाद ब्यक्त गरेको छ । बारामा २ उपमहानगरपालिका , ५ नगरपालिका , ९ गाउँपालिका रहेका छन् ।
महालेखा को प्रतिवेदन का अनुसार दुई उपमहानगर मध्ये कलैया उपमहानगरपालिकाको बेरुजु ४.८० प्रतिशत र जितपुर सिमरा उपमहानगरपालिका को ८.१७ प्रतिशत रहेको छ । त्यस्तै ५ नगरपालिका मध्ये सबैभन्दा बढी बेरुजु कोल्हवी नगरपालिका को रहेको छ । कोल्हवी को ११.६४ प्रतिशत रहेको छ भने पचरौता नगरपालिकाको ६ प्रतिशत , सिम्रौनगढ नगरपालिकाको ३.७५ प्रतिशत , महागढीमाई नगरपालिका ५.९५ प्रतिशत ,निजगढ नगरपालिकाको ९.६८ प्रतिशत रहेको छ ।
त्यस्तै ९ गाउँपालिका मध्ये सबै भन्दा बढी बेरुजु करैयामाई गाउँपालिका को छ । करैयामाई को १०.८२ प्रतिशत ,प्रसौनी गाउँपालिकाको १०.४८ , देवताल गाउँपालिका को ९.२१ प्रतिशत , सुवर्ण गाउँपालिका को ७.५१ प्रतिशत ,आदर्श कोतवाल गाउँपालिकाको ३.१४ प्रतिशत ,विश्रामपुर गाउँपालिकाको ९.०२ प्रतिशत ,फेटा गाउँपालिकाको ३.४८ प्रतिशत रहेको छ ।
महालेखाको प्रतिवेदन १६ वटै स्थानीय तहको हेर्नुहोस् ।