कलैया । कलैया सिटी जेसीजको जेसीज सप्ताह -२०२१ कार्यक्रम सोमवार देखि सुरु भएको छ ।
बाराको एक मात्र सरकारी अस्पताल कलैया अस्पताल मा रहेका बिरामीहरु लाई फलफुल बितरण गर्दै सोमवार देखि एक हप्ता सम्म “जेसीज सप्ताह -२०२१ कार्यक्रम” सुरु भएको कलैया सिटी जेसीज का अध्यक्ष शम्भु गुप्ता ले बताउनु भयो ।

जेसीज सप्ताहको पहिलो दिन कलैया सिटी जेसीज का अध्यक्ष जेसी शम्भु गुप्ताको अध्यक्षता तथा कलैया उपमहानगरपालिका की उपप्रमुख रहिमा खातुन को प्रमुख आतिथ्यमा सो कार्यक्रम भएको थियो ।

सोमवार पहिलो दिनको कार्यक्रममा कलैया सिटी जेसीजको पुर्व अध्यक्ष वृजकिशोर साह, गंगासागर कुशवाहा, रामबाबु कुशवाहा, रामबालक राउत अहिर, धानिलाल साह सोनार, राजेश कुशवाहा, उपाध्यक्ष विजय गिरी, उपाध्यक्ष सन्दीप शाह, श्याम केशरी ,बोर्ड सलाहकार अनिल कुशवाहा, सन्दीप बरै, मानार्थ सदस्य वैजु दास, सदस्यहरु अंकुश बायहुत, निजमोदिन अंसारी, शाखा सम्पादक उमेश शाह, संजय शाह लगायत कलैया सिटी जेसिज का पदाधिकारी तथा सदस्यहरुको सहभागीता थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर