रौतहट ।रौतहटका पत्रकार मोहम्द मोजिबुल्लाह र शेख अतिउल्लाहलाई मोटरसाइकलमा लागुऔषध राखेर फसाइएको घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पत्रकार मोजिबुल्लाहकको मोटरसाइकलमा लागुऔषध राखेर उनलाई र अतिउल्लाहलाई फसाउने कार्यमा संलग्न रहेको आरोपमा माधवनारायण नगरपालिका–१ बस्ने २४ वर्षीय धीरज यादव र सर्लाहीको रामनगर गाउँपालिका–१ बहुअर्वा बस्ने २३ वर्षीय जितेशकुमार यादवलाई पक्राउ गरिएको रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम साहले बताउनुभयो ।
पत्रकार मोसजबुल्लाह चढ्ने बीआर ३० एस १८८७ नम्बरको मोटरसाईकलबाट साउन ३२ गते प्रहरीले लागुऔषध नाइट्राभेट ट्याबलेट १०५ वटा बरामद गरेकोे थियो । लागुऔषधसहित प्रहरीले मोजिबुल्लाह र अतिउल्लाहलाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रौतहटका सहसचिव सञ्जय सहनीले पक्राउ परेका यादवद्वयलाई प्रयोग गरी लागुऔषध राख्न लगाएको भन्ने खुलेको साहले बताउनु भएको छ ।
लागुऔषध राखेपछि सहनीले प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज साह कानुलाई बोलाई कुराकानी गरी दुवै जनालाई पक्राउ गर्न लगाएको खुल्न आएको साहको भनाइ छ ।
लागुऔषध राख्ने यादवद्वयलाई पक्राउ गरी आपराधिक षड्यन्त्र लागुऔषध मुद्दामा जिल्ला अदालतबाट सात दिनको मिलान म्याद लिइएको तथा गैरव्यावसायिक कार्य गर्ने प्रहरी सहायक निरीक्षक यादव र प्रहरी जवान साह कानुलाई निलम्बन गरी संलग्नताबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक साहले बताउनुभयो ।
सिसिटिभी फुटेजको मदतले निर्दोष साबित भएको पत्रकार मोज्जिबुल्लाहले आफू होटेलमा खाजा खाने बेला घुमुवा प्रहरीले होटेलमा घुमफिर गरिरहेको र होटेलबाट खाजा खाएर बाहिर निस्किदा आफूलाई सिभिल ड्रेसमा रहेको प्रहरी मनोज साहले गाडी रोक्नुस, तपाईको गाडीमा केहि समान छ भनेर सूचना पाएको छु भनेर प्रहरीले गाडी चेक गरेको थियो । आफूलाई फसाउने प्रहरीदेखि लिएर अन्य वयाक्तिलाई कारबाही गर्न पत्रकार मोहिबुल्लाहले माग समेत गरेको छ । साथै मोजिबुल्लाहले संचारकर्मीसँग कुरा गर्दै मान्डवी संस्थाकी कार्यकारी प्रमुख अन्जु झाले समेत उनलाई फसाएको बताएका छन् ।
त्यस्तै मुख्य आरोपित रहेको पत्रकार संजय सहनी अहिले फरार रहेको र खोजि कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले सोमबार पत्रकार सम्मेलनको मार्फत जानकारी दिएको छ । नेपाल पत्रकार महासंघ रौतहट शाखाको अध्यक्ष प्रेमचन्द्र झाले जिल्ला प्रहरी कार्यालय रौतहटले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी नहुनको लागि जिल्ला सदस्य रहेको सबै पत्रकारसंग आग्रह समेत गरेको थियो ।
मोजिबुल्लाहलाई लागुऔषधमा फसाउनेमा मुख्य भूमिका प्रहरीको रहेको भए तापनि जिल्ला प्रहरी कार्यालय रौतहटले अहिलेसम्म घुमुवा प्रहरीलाई मात्र निलम्बन गरेकोप्रति पत्रकारहरुले दु९ख व्यक्त गरेको छ ।
साउन ३२ गते लागुुऔषधसहित पत्रकारद्वय पक्राउ परेपछि नेपाल पत्रकार महासंघ रौतहटले घटनाको सिसिटिभी फुटेज सार्वजनिक गरेको थियो । जसमा पत्रकार मोजिबुल्लाह चढ्दै आएको मोटरसाइकलमा लागुऔषध राख्दै गरिएको देखिएको छ ।