
अजमल अन्सार, सुनसरी। वैदेशिक रोजगार आय आर्जनका लागि आफ्नो देश भन्दा बाहिर गएर शारिरीक अथवा मानसिक श्रम गर्ने रोजगारी हो।
विश्व बजारमा वैदेशिक रोजगारीका लागि विभिन्न देशका जनशक्तिहरू खपत हुने गर्दछन्।बर्तमान नेपाली अर्थतन्त्र वैदेशिक रोजागारको बिप्रेषणले धानिरहेको अवस्था छ। नेपालले अन्तर्राष्ट्रिय श्रम बजारमा आवश्यकता अनुरुपका युवा जनशक्तिहरूलाई सिमित समयका लागि आधिकारिक तवरले पठाउँदै आएको छ।
नेपाली युवा श्रमिक कामदारहरूको रोजगारीको आकर्षक गन्तब्यको रूपमा रहेका मुलुकहरूमा मलेसिया , दुबई , साउदी अरब , कुबेत, बहराइन आदि मुलुकहरू रहेका छन। अमेरिका अस्ट्रेलिया क्यानडा लगाएतका मुलुकहरूमा पनि बहुसंख्यक नेपाली कामदारहरु वैदेशिक रोजगारको लागि पुगेका छन् । ती मध्येका प्रदेश नम्बर १, सुनसरी जिल्लाकाे देवानगंज गाउँपालिका वडा न- १ का युवक बलराम दास विगत दुई बर्षदेखि मलेसियामा कार्यरत छन्। अहिले आफ्नो जीवनसंग लडि रहेका छन्।
सुनसरीकाे देवानगंज गाउँपालिका वडा न- १ मध्यहोर्षाही घर भएका एक युवक वैदेशिक रोजगारका लागि मलेसिया गएका बलराम दास विगत दुई बर्षदेखि मलेसियाको कोटक मलेसिया (केओएम) एसडिएन बिएचडी मेलेका स्थित आएर केरोह ईनडसट्रियल एसटेट कम्पनीमा कार्यरत रहेका छन्।
मलेसियाको सो कम्पनीमा कार्यरत दास करिब एकमहिना देखि कोभिड-१९ पोजेटिभ भएको छ भने उनको स्वास्थको उपचार नहुदा अहिले स्वास्थ्य अवस्था निकैनै जटिल रकेको दासको पत्नी पुनम दासले बताइन्।
विगत एकमहिना देखि काेराेना पाेजेटिभ भएका दास लाई कम्पनीले स्वास्थ्य उपचारका लागि कुनैपनि पहल तथा हेरविचार नगरेकोले स्वास्थ अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको दासको पत्नी पुनमले बताइन्।
पुनमले आफ्नोपति कोरोना पोजेटिभ भएपछि कार्यरत रहेको कम्पनी, मलेसिया सरकार र नेपाली दुताबासले कुनैपनि चासाे नदेखाएपछि पतिको स्वास्थ्य अवस्था दिनप्रतिदिन जटिल बन्दै गएकोले परिवारका सदस्यहरुले सम्बन्धित निकायमा उपचारका लागि अपिल गर्दै दासलाई शोकाकुल नेपाल ल्याइदिन समेत सरोकारवालाहरुमा जोडदार माग गरेका छन्।
मलेसियामा रहेकाे नेपाली दुताबासकाे चरमलापरबाहीले हामीलाई दुख भोग्न बाध्य भएकाे मलेसिया बस्ने जयप्रकाश मेहताले गुनासाे गर्नुभयो। उहाँले भने, नेपाली दुताबासमा फाेन गर्दा फाेन सम्म उठाउदैनन् ,म्यासेज गर्दा रिप्लाय दिदैनन्।