
कलैया ।रौतहटका पत्रकार मोहम्द मोजिबुल्लाह र शेख अतिउल्लाहलाई मोटरसाइकलमा लागुऔषध राखेर फसाइएको घटनामा जिल्ला प्रहरी कार्यालय रौतहट का प्रमुख माथि पनि छानबिन हुने भएको छ ।
निर्दोष व्यक्तिको मोटरसाइकलमा लागूऔषध राखेर उनलाई र अतिउल्लाहलाई फसाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरी ले हिजो दुई जना लाई पक्राउ गरे पनि हिजै बेलुका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले अर्का पत्रकार सञ्जय शहनीसँग गरेको टेलिफोन संवाद बाहिरिएसँगै प्रहरी प्रधान कार्यालय, नक्सालले एसपीविरुद्ध छानबिन गर्ने केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले बताउनु भयो ।
सोमबार जिल्ला प्रहरी कार्यालय रौतहटले पत्रकार सम्मेलन गरेर पत्रकार महासंघ रौतटहका सह–सचिव सञ्जय शहनीको योजनामा दुई प्रहरी मिलेर पत्रकार मोहम्मद मोजिबुल्लाहलाई फसाएको दाबी गरेको थियो । प्रकरणमा संलग्न प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज शाहलाई निलम्बन गरिएको जनाएको थियो ।