कलैया । बारामा लागूऔषध गाँजासहित दुई जना युवक परेका छन् ।

इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले जितपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर ५ स्थित वीरगञ्ज पथलैया सडकखण्डमा ना. ४६ प.५९३१ नम्वरको मोटरसाइकल रोकी चेकजाँच गर्दा दुई जना लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बारा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्र ले बताउनु भयो ।

पक्राउ पर्नेमा मोटरसाइकल चालक निजगढ नगरपालिका वडा नम्बर १३ बस्ने ३३ वर्षीय दिपक पाख्रिन र मोटरसाइकल पछाडि सवार २५ वर्षीय बाबुराम वाइबा रहेका छन् ।

उनिहरुको साथबाट १५ केजी गाँजा बरामद गरेको प्रहरी नायब उपरीक्षक मिश्रले बताउनु भयो । गाँजासहित पक्राउ परेका दुबै जनालाई लागूऔषध मुद्दामा अदालतबाट म्याद लिइ हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर