कलैया ।वीरगञ्जमा निर्माणाधीन अवस्थामा रहेको सर्वोत्तम स्टील उद्योगमा भट्टी पड्केर विस्फोट हुँदा १५ जना कर्मचारी घाइते भएका छन् ।

सर्वोत्तम स्टीलमा आगलागीमा परेर उद्योगमा कार्यरत १५ जना कर्मचारी मध्ये ७ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पर्सा का प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताउनु भयो ।

बिहीबार दिउँसो वीरगन्ज महानगरपालिका–२२ जगरनाथपुरमा निर्माणाधीन अवस्थामा रहेको उद्योगमा रहेको फोहोर तथा कचरामा रहेको फलाम गलाउने सीसीएम भट्टी पड्किएर आगलगी भएको प्रहरी ले जनाएको छ ।

घाइते अधिकांस भारतीय रहेका छन् भने केहि बारा जिल्ला का रहेको प्रहरी नायब उपरीक्षक खनालले बताउनु भयो ।आगलागीमा परेर घाइते भएकाहरु को वीरगन्जस्थित वयोधा अस्पतालमा भइरहेको छ भने केही भारतीय लाई भारतको पटना लगिएको प्रहरी ले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर