कलैया ।बारा मा दुई फरक ठाउँमा दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।जितपुरसिमरा उपमहानगरपालिका -२२ सिमरा चोक स्थित जगदम्बा फ्याक्ट्री आगाडी ना.८ख.१७७७ न.को टेलर बाटोको साईडमा रोकी राखेको अवस्थामा पथलैया बाट सिमरा तर्फ आउदै गरेको ना.५६ प.४२०८ न. को स्कुटिले उक्त टेलरमा ठक्कर दिदा स्कुटी चालक घाइते भएका हुन ।

घाइते हुनेमा परवानीपुर गाउँपालोका -५ बस्ने ३३ वर्षीय रामा संकर सिंहको बाया हात र घाटीमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बारा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्र ले बताउनु भयो ।उनको अवस्था मध्यम रहेको सिमरा स्थित अल्पाईन अस्पतालमा उपचार भइरहेको छ । उनको उपचारमा निजको साथी सरोज कुमार प्रधान संलगन रहेका छन् ।

त्यस्तै यता कलैया बिरगंज सड्क खण्डमा बिरगंजबाट कलैया तर्फ जादै गरेको ना २ प ५७१७ नम्बरको मो.सा.ले नम्बर नखुलेको गाडीलाई ओभर टेक गर्ने क्रममा सोही बिपरित दिशाबाट आउदै गरेको ना.२ह.९६८९नं.को टेम्पु एक आपसमा ठोकिँदा मोटरसाइकल चालक को घाइते भएको प्रब्क्ता मिश्र ले बताउनु भयो । घाइते हुने मा कलैया उपमहानगरपालिका वडा नं.१८ मोतीसर बस्ने ५२ वर्षीय प्रमान्नद साह कानु रहेका छन् ।

उनको अवस्था गम्भीर रहेको र तराई अस्पताल बिरगंज पर्सामा उपचार भैरहेको प्रहरी ले जनाएको छ । प्रहरी ले टेम्पु चालक विरगन्ज महानगरपालिका वडा न.१० नगवा बस्ने २२ वर्षीय मिठु कुमार मण्डल लाई नियन्त्रणमा लिएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर