वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले हराएका तथा चोरी भएका २० थान मोवाइल सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।
वीरगञ्ज महानगरपालिकासहित पर्सा जिल्लाका विभिन्न स्थानबाट मोवाइल हराएको तथा चोरी भएको भन्ने निवेदका आधारमा अनुसन्धान गर्दा फेला परेका २० थान मोवाइल सम्बन्धित मोवाइल धनीलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।
हराएर तथा चोरी भएर मोवाइल पाउने आश मारीसकेकाहरु मोवाइल पाइसकेपछि खुशी भएर फर्किएका छन् । साथै प्रहरीको यस कार्यका कारण प्रहरीप्रतिको विश्वास अँझै बढेको र नेपाल प्रहरीको गरिमा अँझै उच्च भएको उनिहरुले प्रतिक्रिया दिएका छन् ।