कलैया । बारा प्रहरी ले १५ वर्षीया बालिका लाई बलात्कार गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

१५ वर्षीया बालिकालाई विगत ८ महिनादेखि ललाई फकाई जबर्जस्ती करणी गर्दै आएको र ७ महिनाको गर्भ समेत रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नं.१८ मोतिसर टोल बस्ने वर्ष २१ को सुजित कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय बारा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनु भयो ।

साहलाई बिहीबार पक्राउ गरी जबरजस्ती करणी मुद्दामा बारा जिल्ला अदालतबाट पहिलो पटक ५ दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखी अनुसन्धान कार्य भइरहेको प्रहरी नायब उपरीक्षक मिश्रले बताउनु भयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर