युनिक यादव ,कलैया । प्रदेश २ को अस्थायी राजधानी जनकपुर भए पनि ट्राफिकको प्रादेशिक कार्यालय अर्थात प्रदेश ट्राफिक प्रहरी कार्यालय बाराको पथलैयामा अवस्थित छ ।

प्रदेशको कार्यालय बारामै भएपछि जनशक्ति अभाव देखि ट्राफिक व्यवस्थापन फितलो नहुने कुरै भएन तर अचम्म के छ भने जिल्लाको सदरमुकाम कलैयामा भने जम्मा ५ जना ट्राफिक रहेका छन् । यसरी समग्र प्रदेशको ट्राफिक व्यवस्थापन गर्ने जिम्मेवारी पाएको प्रदेश ट्राफिक भने आफ्नो कार्यालय रहेकै जिल्लाको सदरमुकाममा यथेष्ट ट्राफिक नखटाउदा यँहाका आम जनता तथा यातायात व्यवसायीले भने आलोचना गरेका छन् ।

नागरिक समाज बाराका अध्यक्ष उमेश लाल दासले केवल राजमार्गमा नभएर बढी भिडभाड हुने शहरी तथा बजार क्षेत्रमा समेत आवश्यक जनशक्ति खटाएर देखिने गरी ट्राफिक व्यवस्थापन गर्न जरुरी रहेको बताए ।

ट्राफिक व्यवस्थापन हुन नसक्दा कलैया उपमहानगरपालिका अस्तव्यस्त बन्न थालेको छ । अव्यवस्थित रुपमा सवारीसाधन पार्किङ्गका कारण नगर क्षेत्र अस्तव्यस्त बनेको हो । मुख्य बाटो तथा बजार क्षेत्रमा जथाभावी पार्किङ्ग गर्ने गरिएकोले ट्राफिक व्यवस्थापन हुन नसक्दा समस्या भएको छ । सदरमुकाम कलैयास्थित भरत चौकबाट जाने विशेष गरी पूर्व र दक्षिण तर्फको बाटोमा अव्यवस्थित पार्किङ्गले गर्दा कुरुप बन्दै गएको हो ।

कलैयाको ट्राफिक व्यवस्थापन हेर्ने अस्थायी ट्राफिक पोस्ट कलैया भए पनि जनशक्ति नहुँदा व्यवस्थापन हुन नसकेको प्रहरी अधिकारी बताउछन् । अस्थायी ट्राफिक पोस्ट कलैयाका प्रमुख प्रहरी सहायक निरीक्षक जयराम पुडासैनीले हटलाईन राष्ट्रिय दैनिकसंगको कुराकानीमा भने, “म अस्थायी ट्राफिक पोस्ट केही दिन अघि मात्र सरुवा भएर आएको छु । म आएदेखि नै कलैयाको विशेष गरी मुख्य बजारको ट्राफिक व्यवस्थापन मै खटेको छु । पुडासैनीले भने हामीसंग जनशक्ति अभाव छ । जम्मा ५ जना ट्राफिक छन् तर पनि हामी कलैयाको ट्राफिक सुधारमा लागेको छौ । उनले केही दिनमै जिल्लाबाट थप जनशक्ति आउने बताउनुभयो । जिल्लाका मुख्य सडकमा आवश्यक पर्ने पूर्वाधारको समेत अभाव रहेको ट्राफिक प्रहरीको भनाइ छ ।

यता मुख्य सडक छेउमा रहेका नागरिकसंग प्रतिक्रिया लिदा उनले भने,“धेरै जसो समय एउटा ट्राफिक मात्र खटेको देख्छु । बिहान बेलुका मात्र ट्राफिक आउने गर्छन, दिउँसो तिर ट्राफिक नै हुँदैन, एम्बुलेन्स जाममा फसेको हुन्छ, साइरन बजाइरहेको हुन्छ तर ट्राफिक नै हुँदैन्न ।” यसरी गुनासो बढ्दा प्रहरी प्रशासनको वेवास्ताका कारण पछिल्लो समय कलैयाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको हो । सडक किनारहरु ठेला तथा अटोहरुले भरिएका छन् भने व्यवस्थित पाकिङ नहँुदा झन् भिडभाद हुने देखिएको छ ।

सदरमुकाम कलैयामा साना तथा ठूला सवारी साधनहरु सहित विद्युतीय रिक्सा र पेट्रोलबाट चल्ने अटोहरुको संख्या उल्लेख्य रहेको छ । ट्राफिक प्रहरीले दाबी गरे अनुसार दिनभर सडकमै ड्यूटी खटिएको हुन्छौ तर सडकभरी भरिएका सवारी साधनहरुको व्यवस्थापन गर्न नसक्नुको कारण बारे प्रश्न उठेको छ । बजार सहित मुख्य बाटोको विभिन्न भागमा नो पार्किङ्ग क्षेत्र भन्दै वोर्डहरु राखिएको भए पनि सोही क्षेत्रमा सवारी साधनहरु पार्किङ्ग गरेको भेटिन्छन् । यस सन्दर्भमा प्रदेश नं.२ ट्राफिक प्रहरी कार्यालय, पथलैया बाराका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक हिमालय श्रेष्ठसंग सम्पर्क गर्न खोज्दा उँहाको फोन उठ्न सकेन ।

ट्राफिक व्यवस्थापनका लागि आवश्यक पर्ने साईन बोर्ड, डिभाईडर तथा चिन्ह आदि स्थानिय सरकारले पर्याप्त मात्रामा उपलब्ध गराएर कलैयाका सम्पूर्ण जनसमुदायले मिलेर सहयोग गरे जिल्ला सदरमुकाम कलैया शु– व्यवस्थित शहर बन्नेमा दुई मत भने पक्कै नरहला ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर