
कलैया । नेपाल पत्रकार महासंघका सदस्य शेख नुर आलम बादशाहलाई शनिवार आर्दश कोतवाल गाँउपालिकामा भएको कुटपिट घटना प्रति नेपाल पत्रकार महासंघ बारा ले दोषी उपर कार्वाही को माग गर्दै विज्ञप्ति निकालेको छ ।
महासंघ का अध्यक्ष रेशम तिवारी द्वारा जारी विज्ञप्तिमा “पालिकामा रहेको एम्बुलेन्सका चालक शेख सरफुदिन पालिकामा नरहेको सूचना प्राप्त भएपछि सोको समाचार संकलनमा गएको समयमा पत्रकारलाई पालिका अध्यक्षको कार्यकक्षमा छलफल भईरहेको अवस्थामा एकाएक कुटपिट हुनुले प्रेस स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप भएको ठहर गरिएको उल्लेख गरिएको छ” ।
महासंघ ले घटनाको निष्पक्ष छानबिन गरि दोषीमाथि कारवाही को माग गरेको छ ।