कलैया । नेपाल प्रेस युनियन बाराले पनि पत्रकार नूर आलम बादशाह माथि भएको कुटपिटको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

आईतवार प्रेस विज्ञप्ति जारी गर्दै घटना बारे निश्पक्ष छानविन गरी दोषी माथि कडा कारबाही गर्न जोडदार माग गरेको छ । सञ्चारकर्मी माथि भएको भौतिक आक्रमण जस्ता प्रेस स्वतन्त्र विरोधी हरकतको निन्दा एवम् भन्र्सना नेपाल प्रेस युनियन बाराले गरेको छ ।

साथै युनियनले दोषीलाई कानूनी कठघरामा ल्याउन र सञ्चारकर्मीको सुरक्षाका लागि विशेष व्यवस्थ गर्न सरकारसँग माग गरेको छ । नेपाल प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु प्रसाद यादवले जारी गरेको प्रेस विज्ञप्तिमा दोषी उपर कारबाही नभए आन्दोलन तथा कठोर संघर्षका कदम चाल्न बाध्य हुने उल्लेख छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर