साजिर मन्सूर ,कलैया ।राष्ट्रिय बाणिज्य बैंक कलैया शाखाका प्रमुख बिबेक कुमार श्रीवास्तवको बैंकको प्रादेशिक कार्यालय बिरगंज पर्सामा सरुवा भएको छ ।

उनको स्थानमा यस अघि भिमान शाखा सिन्धुलीमा रहेका शाखा प्रमुख प्रबेश सिन्धुलिया कलैया शाखामा आउने भएका छन । कलैया शाखा प्रमुख श्रीवास्तव शाखामा ४ बर्ष २ महिनाको अन्तरालमा कलैया शाखालाई धेरै नै उचाईमा लगेको कलैया शाखाका कर्जा अधिकृत बृजकिशोर साहले बताए ।

साहले श्रीवास्तव कलैया रहदा धेरै जनताको सहज रुपमा कर्जा लगानी र खराब कर्जा असुली गराएर सेवाग्राही सङ्गको सुमधुर सम्बन्ध स्थापित गराउन महत्वपुर्ण भुमिका खेलेको बताए । नया आउने प्रमुख सिन्धुलियाको कार्यकाल सफल गराउन कलैया शाखाका सम्पुर्ण परिवार लागि पर्ने बताउदै साहले बताए ।

यता आजको परिवेशमा हरेक जनताको घर दैलोमा बैन्किङ्ग सेवा पुर्याउन अत्यावश्यक भएकोमा सो गर्न हामिले कुनै कसर बाकी नराख्ने बताउदै आएका शाखा प्रमुख श्रीवास्तवले सबै जनताले सहज रुपमा राष्ट्रिय बाणिज्य बैंक बाट सेवा पाउनुपर्ने बताउदै सो लक्ष्य प्राप्तिका लागि लागि पर्न सबै कर्मचारीलाई सुझाव दिए । श्रीवास्तवले नेपाल सरकारले ल्याएको सरल कर्जा,बिना धितोका कर्जा सहज रुपमा बाणिज्य बैंकले लगानी गरेको बताउदै सेवाग्राहीले सोका लागि आवस्यक डकुमेन्ट नपुर्याउदा मात्र सोचेको जति मात्रामा सो सेवा दिन नसकिएको बताए ।

राष्ट्रिय बाणिज्य बैंकको नियमित सरुवा कार्यक्रम अनुसार सबैको सरुवा भएको क्षेत्रीय कार्यालय बिरगंजका सहायक उमेश केशरिले बताउनुभयो ।

श्रीवास्तव र सिन्धुलिया बाणिज्य बैंकका एकै ब्याचका प्रभावशाली र उदाउदा योग्य कर्मचारी रहेको कलैया शाखाका सहायक प्रबन्धक सुरेन्द्र राउत कुर्मिले बताए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर