युनिक यादव , कलैया ।बारा को जितपुर सिमरा उपमहानगरपालिका को मुलगेट मा स्थानीयहरु द्वारा फोहोर थुपारीएको छ ।
उपमहानगरले लामो समयदेखि फोहोर व्यवस्थापन गर्ने बिषयमा चासो नदेखाएको भन्दै बिरोध स्वरुप स्थानीयहरुले बजारको फोहोर उपमहानगरपालिकाको कार्यालय अगाडी थुपारेका हुन् ।
स्थानीय का अनुसार उपमहानगर का नगर प्रमुख डा . कृष्ण पौडेल सहित सम्बन्धित निकाय लाई पटक पटक आग्रह गर्दा पनि बाटो मा थुपारिएको फोहोर नउठे पछी बाध्य भएर विरोध जनाउँदै उपमहानगरपालिका कार्यालयको गेट अगाडी नै फोहोर थुपारिएको हो ।
स्थानीय युवा सत्यराज श्रेष्ठ का अनुसार उपमहानगरपालिकाका नगर प्रमुख सहित जनप्रतिनीधिहरु लाई दबाद दिने उद्देश्यले सिमरा चोकदेखि अन्य स्थान बाट आफैले ट्याक्टरमा फोहोर संकलन गरेर कार्यालय अगाडी थुपारिएको हो । बिगत केही दिनदेखि बाटो नजिक रहेका पसल संस्थाहरुको फोहोर नउठाएपछि सडकमै फालेको ले दुर्गन्ध फैलिएको र आवतजावत मा समेत सास्ती भएको स्थानीयहरुले बताएका छन् ।
जितपुर सिमराले तत्कालै फोहोर व्यवस्थापन नगरे र ब्यवस्थापन को लागि दीर्घकालीन योजना नबनाए प्रत्यक दिन गेटमा फोहोर को उपहार दिने बताएका छन् । यस तर्फ सम्बन्धित निकाय ध्यान जान आवस्यक देखिन्छ ।