कलैया । कक्षा १२ को परीक्षा भदौ ३० गते देखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले परीक्षाको मिति तय गरेको हो । 

बैठकले आगामी भदौ ३० देखि असोज ८ गते सम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताउनु भयो ।करिब ४ लाख विद्यार्थीले कक्षा १२ को परीक्षा दिने भएका छन् ।

स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड– १९ संकट व्यवस्थापन केन्द्रको सहमतिमा परीक्षा सन्चालन गर्न लागेको बोर्डले जनाएको छ । यस अघि कोरोना महामारीको कारण सरेको परीक्षा ३१ साउनमा हुने तय भएपनि अन्तिम समयमा आएर रद्द भएको थियो । परिक्षा सम्बन्धित बिधालय मा नै हुने गरि परिक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार