सिमरा । सिमरा –पोखरा सिधा उडान बुधवार देखि सुरु भएको छ । बुद्ध एयरको जहाज बाट १८ सिट क्षमता भएको जहाज बुधवार पोखरा बाट सिमरा प्रस्थान गरेको थियो । हवाई मार्ग मार्फत पहिलो पटक सिमरा पोखरा उडान को उद्घाटन गण्डकी प्रदेश का पर्यटन मन्त्री मणीभद्र शर्माले गर्नु भएको थियो ।

आन्तरिक पर्यटन प्रव्दधन महत्त्वपूर्ण मानिएको र सहज आवतजावत को लागि हवाई कनेक्टिभिटी को पहिलो उडानमा मन्त्री शर्मा सहितको टोलि सिमरा बिमानस्थल अवतरण गर्नु भएको थियो ।

उक्त उद्घाटन कार्यक्रम मा प्रदेश २ का पर्यटन मन्त्री रामनरेश यादव पनि सिमरा विमानस्थल पुग्नु भएको थियो ।पहिलो उडान अथार्त उद्घाटन मा पर्यटन र सामाजिक क्षेत्रका ब्यक्तिहरु सहित सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

सिमरा – पोखरा उडानका लागी ३ किसिमको टिकट दर राखिएको सिमरा बुद्ध एयर कार्यालयले जनाएको छ । टिकट दर ४ हजार ७ सय ७० , ५ हजार २ सय ७० र ७ हजार १ सय ७० रहनेछ ।

हाल को लागि हप्तामा २ दिन आईतबार र बुधबार दिउसो १ः१५ बजे उडान भर्ने तालिका रहेपनि यात्रुको मागका आधारमा यो संख्या बढाउन वा घटउन सकिने बुद्ध एयरले जनाएको छ ।उडान हुने दिन दिनको १२ः२० बजे पोखराबाट सिमरातर्फ उडान हुने छ भने सो जहाजले १ः१५ बजे सिमराबाट पोखरा उडान हुने छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर