कलैया । गणडकी प्रदेशका पर्यटन मन्त्री मणीभद्र शर्मालाई महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादवले भब्य स्वागत गरेका छन । गढीमाई माताको दर्शन गर्न आएको मौका छोपि नेपाली कांग्रेसका युवा नेता एवंम महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले भब्य स्वागत गरेका हुन ।
पर्यटन मन्त्री शर्मा सिमरा देखी पोखरा सम्मको सिधा हवाई सेवाको सुरूवातका लागी उद्घाटन गर्न सिमरा विमानस्थल आएपछी सोही अवसरमा प्रसिद्ध धार्मिक स्थल गढीमाई मन्दिरको दर्शन एवम अवलोकन गर्न आएको बेला यादबले शर्माको स्वागत गरेका हुन । नगर प्रमुख यादवले पनी हवाई सेवा सुरू भएकोमा एकदमै सराहनीय कार्यको थालनी भएको भन्दै शुभकामना दिदै गढीमाईको यथार्थ स्थापित कथा देखी नगरपालिकाले गरिरहेको बिकासको बारेमा शर्मालाई जानकारी गराएका थिए ।
यस्तै बिगतको दिनमा प्रदेश र केन्द्रले गरेको उपेक्षाको बारेमा जानकारी गराउदै अब देखि गण्डकी प्रदेश सरकारले समेत त्यहाका नागरिकलाई गढीमाईको दर्शन गर्न आउने गरि प्रचार प्रसारमा सहयोग गर्न र आवस्यक पर्ने अन्य सहयोगका लागि अनुरोध गरे ।
पर्यटन मन्त्री शर्माले नगरपालिकाको प्रगतीको कामना गर्दै प्रदेश र केन्द्र सरकारले गढीमाई क्षेत्रको विकासका लागी छुटै बिशेष प्याकेज सहितको बजेट छुट्याउनु पर्ने बताउदै आफुले समेत त्यसका लागि संबंधित ठाउमा पहल गर्ने बताउदै गण्डकी प्रदेशका जनतालाई गढीमाईको दर्शन गर्न जान सुझाव दिने जसले यहाको पर्यटन बिकास हुने प्रतिबद्धता ब्यक्त गरेका छन ।
उक्त अवसरमा महागढीमाई नगरपालिकाका अधिकान्स जनप्रतिनिधि तथा स्थानिय जनताको भब्य उपस्थिति रहेको थियो ।