कलैया । बारा प्रहरीले फरार रहेका दुई प्रतिवादी लाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा जिल्ला को बिश्रामपुर गाउँपालिका वडा नम्बर ५ बस्ने बर्ष ४६ को रामअशिष हजरा र कलैया उपमहानगरपालिका वडा नम्बर ७ बस्ने बर्ष २९ को धिरज सिहं रहेकोे जिल्ला प्रहरी कार्यालय बारा का प्रब्क्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्र ले बताउनु भयो ।

अदालत ले हजारा लाई डाका मुद्धामा जरीबाना ३ हजार र सिंह लाई जुवा मुद्धामा २ सय जरीवाना फैसला गरेको थियो । ऊनीहरु दुबै लाई सदा पोशाकमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । उनिहरु दुबै जना जिल्ला अदालत बारामा उपस्थित भएर जरिवाना तिरी छुटेका हुन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर