वीरगञ्ज ।जनता समाजवादी पार्टी उपेन्द्र यादव पक्षकी कुसुमी देवीले महन्थ ठाकुर नेतृत्वको लोकतन्त्र समाजवादी पार्टी (लोसपा) मा सनाखत गरेकी छिन् ।

पर्साको पकाहमैनपुर गाउँपालिका की उपाध्यक्ष समेत रहेकी देवी मधेश आन्दोलनका शहिद शत्रुधन पटेलकी आमा हुन् । गाउँपालिका की उपाध्यक्षले नै लोसपामा सनाखत गरेपछि अब उनको उपाध्यक्ष पद के हुने हो भन्ने प्रश्न पनि उब्जिएको छ । यदि जसपा उपेन्द्र पक्षले कारवाही गरेमा उनको पद धरापमा पर्न सक्ने निश्चित जस्तै छ ।

प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य प्रह्लाद गिरीको नेतृत्वमा देवी सहित अन्य जनप्रतिनीधिहरुले पनि लोसपामा सनाखत गरेका छन् । त्यसैगरी पर्साको पोखरिया नगरपालिकाका वडा अध्यक्ष बन्का राउतकुर्मीले पनि लोसपामा सनाखत गरेको लोसपाका नेता नेजामोद्धिन समानीले जानकारी दिए ।
त्यसैगरी कतिपयले प्रदेश सभा सदस्य गिरीको विचार प्रति पनि प्रश्न उठाएका छन् ।

लगभग सबै दलहरुमा प्रवेश गरी नागरिकको नजरमा गिरीको साखगुमेको विश्लेषण पनिहुने गरेको छ । उनले प्रवेश नगरेको कुनै पार्टी नभएको उनकै समकक्षीहरु बताउँछन् ।

नेपाली कांग्रेस, एमाले लगायतका पार्टी हुँदै धेरै समय सम्म भुमिगत रहेका गिरी पुनःएमाले, हुँदै मधेशवादी पार्टीमा आएका थिए । जसपाले कारवाही गरेमा प्रदेश सभा सदस्य गिरीको पद पनि धरापमै पर्न सक्ने आशंका उत्पन्न भएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर