कलैया । बारा प्रहरीले ९ वर्ष देखी कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी लाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कोल्हवी नगरपालिका वडा नं.१ बस्ने ३६ वर्षीय अनिल कुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बारा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनु भयो ।

२०६९ साल जेठ १७ गते बेलुका ६ बजे देखि बेपत्ता भएका कोल्हवी नगरपालिका -१ बस्ने वर्ष १८ को अजय चौधरीको ५ दिन पछी २२ गते बिहान सोही ठाउँको नहरमा लास फेला परेको थियो ।

कर्तव्य ज्यान मुद्दामा वारदात पश्चात फरार रहेका अनिल लाई बारा प्रहरीले भदौ १५ गते लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको थियो । उनलाई जिल्ला अदालत बारा बाट पहिलो पटक दिन ५ को म्याद अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मिश्रले बताउनु भयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर