कलैया ।महागढीमाई नगरपालिका अन्तरगत पर्ने विश्व प्रसिद्ध धार्मिक एवम पर्यटकिय स्थलका रुपमा रहेको गढीमाई मन्दिर प्राङ्गणमा उपमेयर तारा देबि कानुले स्तन पान कक्षको उदघाटन गर्नुभएको छ ।
कानुले पर्यटकिय नगरिका रुपमा बिकास हुँदै गएको यस मन्दिरमा दैनिक हजारौ का संख्यामा श्रदालु एवम दर्शनार्थीहरुको घुईचो लाग्ने गरेको र सो अवसरमा अधिकान्स महिला दिदी बहिनिहरुको आवागमन हुने भएकाले उनिहरुलाई सहज रुपमा सुब्यवस्थित तरिकाले आ आफ्नो बच्चालाई स्तन् पानका लागि सहज होस भनेर हामिले यस स्थानमा यो कक्षको निर्माण गराएको बताउनु भयो ।
नगरपालिका को बहु क्षेत्रीय पोषण कार्यक्रम बाट सो कक्षको स्थापना गराइएको छ । कानुले सोही अवसरमा महिला दिदी बहिनिहरुका निमित आवस्यक पर्ने अन्य भौतिक निर्माण गराउन समेत नगरपालिकाले कदम चालेको बताईन । आजै कानुले दर्शनार्थीका गुनासा सम्बोधन गर्दै ब्यवस्थित रुपमा जुत्ता चप्पल राख्नका लागि बक्स निर्माण गराई सो को समेत उदघाटन गरेकी छन ।
अत्यधिक भिडभाड हुने भएकाले धेरैको जुत्ता चप्पल यता उता साथै चोरी समेत हुन थालेपछी पर्यटक र दर्शनार्थीको गुनासो आएपछी आफुहरु त्यसलाई समेत सम्बोधन गर्न जुत्ता चप्पल बकस को ब्यवस्थापन गराएको नगर प्रमुख उपेन्द्र प्रसाद यादबले बताउनुभयो ।
उक्त अवसरमा विभिन्न वडाका अध्यक्ष सहित स्थानिय जनताको उपस्थिति रहेको काङ्ग्रेस नेता चन्देश्वर गुप्ताले जानकारी गराउनुभयो ।