राजेन्द्र सिंह , वीरगञ्ज । नेपाली काङ्ग्रेस पर्सा क्षेत्र १ द्वारा वीरगञ्ज महानगरपालिकाको बिरोध गर्दै धर्ना तथा ज्ञापनपत्र प्रस्तुत गरेको छ । विभिन्न समस्याहरु वीरगञ्ज महानगरपालिकाले ध्यान नदिएको भन्दै सो कार्यक्रमको आयोजना गरिएको हो ।

नेपाली काङ्ग्रेस पर्सा क्षेत्रीय समिति १ का सभापती बिजय सराफको अध्यक्षतामा भएको सो धर्ना तथा कार्यक्रममा अनावश्यक रुपमा वृद्धि गरिएको कर यथाशीघ्र खारिज गर्नुपर्ने, शिक्षा क्षेत्रमा मौलाएको भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने,फोहोर मैला ब्यवस्थापन गर्नुपर्ने, बर्षायाममा देखिएको डुबान क्षेत्रका बाटो घाटो तथा नालाहरुलाई मर्मत गरि पानीको निकासी गर्नुपर्ने, खुल्ला चौपाया नियन्त्रण गर्नुपर्ने, नियुक्त गरिएका जिल्ला भन्दा बाहिरका नगर प्रहरी तथा करारका कर्मचारीहरु खारेज गरि स्थानियहरु लाई आवश्यकता अनुसार नियुिक्त दिनु पर्ने, बिस्थापित गरिएका स्थानिय सरसफाई कर्मचारीहरु लाई आवश्यकता अनुसारको नियुिक्त गर्नु पर्ने, उज्ज्यालो वीरगञ्जको नाममा दिएको ठेक्कामा व्यापक भ्रष्टाचार देखिएकोले छानबिन गरि ठेक्का लिएका कम्पनीलाई कारवाही गर्नु पर्नु, लकडाउनको समयको स्कुलका बिद्यार्थीहरुको खाजाको १ करोड २० लाखको भ्रष्टाचार बारे पनि चुपचापरहेको भन्दै बिरोध गरिएको नेता हुकुम सिंहले जानकारी दिनु भयो ।

नेपाली काङ्ग्रेस पर्साका कोषाध्यक्ष इम्तियाज आलम, जिल्ला सदस्य एवम जिपि कोइराला फाउन्डेसन पर्सा का सभापतिमो. सहाबुद्धिन, महिला संघ पर्साका अध्यक्ष बिधा श्रेष्ठ, जिल्ला सदस्य भवानी घिमिरे, लगायतले मन्तव्यब्यक्त गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर