कलैया । कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवले मदर्शा विद्यालय भवनको उद्घाटन गर्नुभएको छ ।
कलैया उपमहानगरपालिका वडा नम्बर २२ मा रहेको मदर्शा इस्लाहुल मुस्लिमीन मदिलवाको भवन उद्घाटन गर्नुभएको हो । नगर स्तरीय बजेट तथा एसएसडिपी कार्यक्रम अन्तर्गत २५ लाखको लागतमा निर्माण भएको उक्त विद्यालयको शनिवार उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा नेपाल विद्यालय क्षेत्र विकास योजनाका ग्यासुदिन मिया, कलैया उपमहानगरपालिका वडा न २१ का पुन्देव रौनियार, वडा न ं२२ का लालबाबु प्रसाद यादव, पूर्व गाविस अध्यक्ष शिव बिहारी चौधरी, वडा सदस्य महेश भगत, आबिद हुसेन, रमेश राम, धर्मेन्द्र साह सहित अन्यको उपस्थिति रहेकोे थियो ।







