कलैया । देवताल गाउँपालिका वार्ड नं १ को बड्की फुलवरियास्थित श्री ब्रहम बाबाको मन्दिरको निर्माण कार्य सम्पन्न भई शनिवार विधिवत उद्धघाटन गाउँपालिका अध्यक्ष चन्दन सिंहले गर्नुभएको छ ।

गाउँको प्रमुख देवता ब्रहम बाबाको मन्दिर करिब बिस वर्ष देखि अर्ध निर्मित रहेको थियो । स्थानीयले चन्दा संकलन गरेर निर्माण प्रकिया अगाडि बढाउदै गर्दा गाउँपालिका अध्यक्ष चन्दन सिंहले निर्माण कार्य गाउँपालिकाले गर्ने बताउनुभएको थियो ।

उद्धघाटन पछि स्थानीयहरु गाउँपालिकाको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै अत्यन्तै खुसी भएका छन् ।
पूजामा स्थानीय नेता, समाजसेवी, पत्रकार, युवा तथा विद्यार्थी लगायत अन्यको व्यापक उपस्थिति रहेको थियो । मन्दिरको देव स्थापना तथा प्राण प्रतिष्ठा पूजा भदौ ०५ गते भएको थियो । मन्दिर २४ लाखको लागतमा बनेको हो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर