
कलैया ।प्रदेश २ मा नेकपा एमाले बाट थप २ जना प्रदेश सभा सदस्यले नवगठित नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका छन्।
सनाखत गर्नेमा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक सुन्दर बहादुर विश्वकर्मा र सीता गुरुङ रहनु भएको छ । उनी दुबै जनाले आइतबार जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर सनाखत गरेका हुन्।
खराब मौसम को कारण देखाउँदै मंगलबार एकीकृत समाजवादीमा सनाखत गर्न नआएका उनीहरू दुवै जना वीरगन्जस्थित एमालेले आयोजना गरेको प्रदेश कमिटी बैठकमा सहभागी भए पनि अब ऊनीहरु दुबै जना एकीकृत समाजवादी पार्टीमा होमिएका हुन ।
गत बिहिवार एमालेका १० जनाले भौतिक र एक जनाप्रदेश सांसदले पत्र मार्फत प्रदेश २ को अस्थायी राजधानी जनकपुर स्थित प्रदेश निर्वाचन कार्यालयमा एकीकृत समाजवादी पार्टीमा सनाखत गरि सकेका छन् । एमालेबाट निर्वाचित २१ जना प्रदेश सभा सदस्यमध्ये १३ जनाले एकीकृत समाजवादी रोजेका छन् भने ८ जना एमालेमै रहने भएका छन्।