बारा को एक स्थानीय तह मा भोलि सार्वजनिक बिदा हुने भएको छ । जिल्ला को फेटा गाउँपालिकाले वडा नं . ३ फेटा बजारमा माहाबिरी झन्डामेला मिति २०७८ भदौ २२ गते भदौ कृष्ण औंसीका दिन मन्दिरमा पुजापाठ गर्ने र मेला समेत लाग्ने भएकोले भोलि अथार्त मंगलवार सार्वजनिक बिदा दिएको गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसाद ले बताउनु भयो ।

गाउँपालिका अध्यक्ष द्वारा हस्ताक्षर गरिएको सूचना मा स्थानीय तह भित्र रहेका स्वास्थ्य आकस्मिक सेवा बाहेक सम्पुर्ण शिक्षण संस्था , वडा कार्यालयहरु बन्द रहने जनाइएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर