कलैया । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड कलैया शाखाले बारा सदरमुकाम कलैयामा आव २०७७÷०७८ मा बिमा गर्ने अभिकर्ताहरुलाई सम्मान गरेको छ ।
होटल करण राज पार्टी प्यालेसमा आयोजित कार्यक्रममा क्लब मेम्बर एवम बिएमहरुलाई सम्मन गरिएको कम्पनीका सिम्रौनगढ शाखा ईन्चार्ज सियाराम गुप्ताले बताउनुभयो ।
कम्पनीले सोही अवसरमा आबद्ध रहेका सबै महिला अभिकर्ताहरुको हौसला बढाउन नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा तीज विशेष कार्यक्रम समेत आयोजना गरेको कलैया शाखा प्रमुख सोनालाल सहनीले बताउनुभयो । सहनीले आफूहरु अन्य कम्पनी भन्दा फरक र राम्रो काम गर्न विभिन्न खालका तालिम सेमिनारको समेत आयोजना छिट्टै गर्ने बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रदेश २ प्रमुख रामरुप सहनीले अभिकर्ताका हकहितका लागि आफूले कहिल्यै कुनै कसर बाँकी नराख्ने बताउदै कम्पनीले आवश्यक सबै चिज पुर्ती गर्ने र अभिकर्तालाई खुशी बनाउदै बिमितका लागि सबै भन्दा सरल र सहज पहुँचको वातावरण सृजना गर्ने बताउनुभयो ।
कार्यक्रममा कम्पनीका अभिकर्ताहरु बिजय साह तेली, पुष्प राज खतिवडा, पुनम कुमारी, मिना चौधरी, बिमला तामाङ्ग, जिक्रुल्लाह अन्सारी, नासिर अन्सारी, बिरेन्द्र बिश्वकर्मा, लिला लामा, बलिराम यादव, ललन सिंह, राजु साह, अजिता यादव, रामानन्द पटेल, राजकुमार यादव लगायतकालाई सम्मान सहित खादा र सम्मान पत्रले सम्मानित गरिएको कलैया शाखाका लेखा प्रमुख अबिनाश झाले बताए ।
उक्त अवसरमा कम्पनीका कर्मचारीहरु चन्देश्वर यादव, बिनोद सहनी, जयप्रकाश कुश्वाहा सहित ५० जना अभिकर्ताहरुको सहभागिता रहेको थियो । एशिय लाईफ इन्स्योरेन्सले सबैको लागि सधैँको लागि सुरक्षा भन्ने नाराका साथ विभिन्न बिमा योजना ल्याएको छ ।
आ